थप एक सय २१ जनामा कोरोना संक्रमण
काठमाडाैं | असार २६, २०७९
काठमाण्डौँ: थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा तीन हजार ४५ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार सात सयजनाको पिसिआर परीक्षण गर्दा एक सय चारजना संक्रमित भेटिएका छन् भने एक हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ७१ पुगेको छ। सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३१ छ।
संक्रमितमध्ये ६ सय ६२ जना होम आइसोलेसनमै छन् भने अन्य १६ जना संस्थागत आइसोलेसन छन्। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका सातजनाको आइसियू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ लाख २० हजार नौ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

